२०८३ साउन ९ शनिबार

हात खाली नजाने अफरदेखि विदेश घुम्ने टुर प्याकेजसम्मको योजना सहित मोबाइल एक्स्पो असार ५ गतेबाट

ई आर्थिक    शुक्रबार, असार २ २०७४
3.2K
Shares
हात खाली नजाने अफरदेखि विदेश घुम्ने टुर प्याकेजसम्मको योजना सहित मोबाइल एक्स्पो असार ५ गतेबाट

२ असार, काठमाडौं । हात खाली नजाने अफर सहित केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा १५ दिन सम्मकालागी मोबाइल मेला पनि राखिने भएको छ । जहाँ विश्व बजारमा पाइने २३ भन्दा बढी ब्राण्डका मोबाइल अब एउटै ठाउँ बाट पाइने भएको छ ।

हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने हबका सञ्चालक सङ्गम राइले बताउनुभयो ।

नेपालमै पहिलो पटक फरक अवधारणामा सञ्चालनमा आउने उक्त हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिल जोनको सुविधा पनि रहेको छ ।

हबमा मोबाइल खरिद गर्दा एफ क्युबमा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिनुभयो ।

मोबाइल हब संचालनको अबसर पार्दै बिभिन्न मोबाइल कम्पनीहरुले बिशेष छुट पनि दिने बताईएको छ । यसैगरि पार्किङको पर्याप्त सुबिधा रहेको यस स्थानबाट ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ बर्षको लागि प्रिभिलेज कार्ड उपलब्ध गराइने जनाइको छ ।

१५ दिन सम्म मोबाइल हबमा चल्ने मोबाइल मेलामा अबलोकन गर्न आउनेहरुका विच लक्की ड्र गरिने र भाग्यशाली अबलोकनकर्तालाइ मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने योजना राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij