ई-आर्थिक, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी तथा कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ । सरकारले २१ वटा निर्माण कम्पनी तथा व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको सूचनामा उल्लेख गरेको छ ।
सार्वजनिक खरिद अनुमगन कार्यालयले १ वर्षदेखि ३ वर्षसम्मका लागि निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको हो ।
विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको मंसिर १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।
यस्तो छ कालोसूचीमा पर्नेको निर्माण वयवसायी कम्पनी
