२०८३ साउन ९ शनिबार

भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

ई आर्थिक    बिहिबार, जेष्ठ २५ २०७४
4.3K
Shares
भक्तपुर अस्पतालद्वारा आफ्नै फार्मेसी सञ्चालन

२५ जेठ, भक्तपुर । सरकारको निर्देशनपछि भक्तपुर अस्पतालले बुधवारबाट आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । आफ्नै फार्मेसी नहुँदा औषधि लिन अन्यत्र निजी फार्मेसीमा धाउनुपर्ने विरामीले अब अस्पताल कै फार्मेसीबाट छूटमा औषधि लिन पाउने भएका छन् ।

अस्पतालले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले आठ प्रतिशत छूटमा बिरामीले औषधि पाउने व्यवस्थासहित आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको बताए । यसअघि अस्पतालको आफ्नै फार्मेसी नहुँदा अस्पतालसँग भाडामा लिएर बसेको साझा औषधि पसल र बाहिरका निजी फार्मेसीमा बिरामीका लागि औषधि किन्नुपर्ने बाध्यता थियो ।

अस्पतालका सुपरिटेण्डेण्ट डा. सुधा देवकोटाले सरकारको निर्देशनलाई पालना गर्दै सञ्चालनमा ल्याएको अस्पतालको आफ्नै फार्मेसीले २४ सै घण्टा बिरामीलाई सहज र सर्वसुलभ रुपमा औषधि प्रदान गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij