२०८३ भाद्र ३० मंगलबार

ऊर्जा राज्यमन्त्री तामाङको ‘कान्छाराम कन्स्ट्रक्सन’ कालोसूचीमा

ई आर्थिक    शुक्रबार, कार्तिक २३ २०८१
8.7K
Shares
ऊर्जा राज्यमन्त्री तामाङको ‘कान्छाराम कन्स्ट्रक्सन’ कालोसूचीमा

ई- आर्थिक, काठमाडौं । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कम्पनी कालोसूचीमा परेको छ  । ओली सरकारका राज्यमन्त्री तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको हो ।

सरकारले विभिन्न १८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । त्यसमध्ये राज्यमन्त्री तामाङको कम्पनीसमेत कालोसुचीमा परेको हो । सार्वजनिक खरिद कार्यालयको मंगलबारको निर्णय अनुसार विभिन्न सरकारी निकायबाट सिफारिस भएका उक्त कम्पनी कालोसूचीमा राख्न सिफारिस गरेको हो । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सन पनि परेको छ । सार्वजनिक खरिद कार्यालयको सूचनामा कान्छाराम कन्स्ट्रक्सनको मूख्य व्यक्तिमा राज्यमन्त्री तामाङको नाम उल्लेख छ ।

राज्यमन्त्री तामाङको कम्पनीसँगै जेभीको रुपमा रहेको एनबी कन्स्ट्रक्सन समेत कालोसुचीमा परेको छ । एनबीको मूख्य व्यक्ति रमिला लामा र आधिकारिक व्यक्ति दिपक थिङ रहेको सूचनामा उल्लेख छ ।

ती कम्पनीलाई कार्यालयको कात्तिक २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद कार्यालयले जनाएको छ । कालोसूचीमा परेकाहरूले एक वर्ष दुई वर्ष ६ महिनासम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा अयोग्य हुन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका पूर्णबहादुर रामेछापबाट नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गरेर सांसदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij