२०८३ साउन ९ शनिबार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

ई आर्थिक    आइतबार, कार्तिक ११ २०८१
3K
Shares
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

ई-आर्थिक, पोखरा ।लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।  बैंकको पोखरा महानगरपालिका वडा नं. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन् ।

सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्ने जनाएकाे छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij