२०८३ साउन १२ मंगलबार

खाद्यले यसरी ल्याउदैछ खसीबोका र च्याङ्ग्रा, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    सोमबार, असोज १४ २०८१
9K
Shares
खाद्यले यसरी ल्याउदैछ खसीबोका र च्याङ्ग्रा, कतिमा हुदैछ कारोबार ?

पशुहरुको स्वस्थ्य परीक्षण प्रस्थान विन्दुबाटै: पशु सेवा विभाग

लक्ष्मण फुयाल, काठमाडौं । नेपालीहरुको महानचाड बडादशै निजिकिएसंगै बजारमा दशैंको किनमेलमा मान्छेहरु बढिरहेका छन्। बजारमा घरायसी समानका साथै विभिन्न लत्ताकपडा, खाध्य सामाग्रीहरु किनमेलमा बजारमा भिड बढिरहेको छ । यसैबीच दशैंको आगमनसंगै काठमाडौं उपत्यकाहरुमा खासीबोका तथा च्याङ्ग्रा व्यापारीहरु कारोवारको अन्तिम तयारीमा छन् । सहरका खुद्रा तथा विभिन्न स्थानहरुमा खसीबोकासंगै च्याङ्ग्राहरु पठाउन थालिसकिएको छ ।

दशै नजिकिएसंगै खाद्य व्यवस्थापनको जिम्मेवारी पाएको एक मात्र सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पनि दशैंको निम्ति खसीबोका किन्न खरिद प्रकियासमेत अघि बढाइसकेको छ। काठमाडौं उपत्यकामा दशैंका लागि यसपटक १ हजार ५ सय खसी तथा ३ सय च्याङ्गा ल्याउने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले ई-आर्थिकलाई जानकारी दिनुभयो ।

गतवर्ष खाद्य विभागले १ हजार ६ सय ५९ खसी तथा ५ सय ४२ च्याङ्ग्रा ल्याएको थियो । पोहोरको तुलनामा यस वर्ष को केही कम खसी च्याङ्ग्रा भित्रिदैछन् । यसपटक एक सय ५९ खसी तथा २ सय ४२ च्याङ्ग्रा कम भित्रिने प्रवक्ता सुवेदीले बताउनुभयो । पोहोरको तुलनामा यो दशैंमा कम आयत हुनुको कारण पशुहरुको झन्झटिलो व्यवस्थापन र लक्ष्य अनुसारको व्यापार नहुनु उहाँको भनाइ छ ।

‘घटस्थापनाको अर्को दिनदेखि बिक्री मूल्यतय गरी बिक्री गर्न सुरु गर्छौ । प्रवक्ता सुवेदीले भन्नुभयो- ‘ यो बर्ष खसीबोका र च्याङग्रा खरिदका लागि ४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।‘गतवर्ष नेपाली बजारमा जीउदो खसीको मूल्य प्रति केजी ६ सय ८० रुपैयाँ रहेको थियो भने च्याङ्ग्राको १२ सय ६० रुपैयाँ थियो । यस वर्षको दशैंमा खसी तथा च्याङ्गाको मूल्य खरिद लगायत सबै प्रक्रियाबाट हेरेर मूल्य निर्धारण गरिने भएको छ ।

यो दशैंमा पनि लगभग पोहोरकै मूल्यको हाराहारीमा पर्ने सक्ने प्रवक्ता सुवेदी बताउनुहुन्छ । सुवेदीका अनुसार खसीबोका तथा च्याङ्ग्रा वितरण थापाथली केन्द्रबाट वितरण गरिने छ । यसपटकको दशैंमा काठमाडौं उपत्यकामा हेटौंडा, तुल्सीपुर र नवलपुरबाट र मुस्ताङबाट खसीबोका च्याङ्ग्रा भित्रिने छन् । अबको दुई तीन दिनपछि खरिद प्रक्रिया सुरु गरेर भित्र्याउन थाल्छौं । घटस्थापनाको अर्को दिनदेखि बिक्री मूल्य तय गरी बिक्री गर्न सुरु गर्छौ ।’ सुर्खेत, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया, सल्यान, सुर्खेत, दाङ, कटहरीलगायत जिल्लाबाट खसी-बोका ल्याउने तयारी गरेको छ । यस्तै मुस्ताङ, जुम्लालगायतका स्थानबाट च्यांग्रा ल्याउन लागेको हो ।

चाँडपर्वमा ५० हजार क्विन्टलको विक्री लक्ष्य 

यसैविच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपत मूल्य बजारमा ५० हजार क्विन्टल खाध्य विक्री गर्ने लक्ष्य राखेको छ । आज असोज १४ गते सम्ममा करिव ५५ सय क्विन्टल खाद्य विक्रि भएको छ । उक्त सहुलित मूल्य पसलबाट २८ लाख बराबरको उपभोक्ताहरुले छुट पाएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
असोज ०४ गतेबाट सुरु भएको सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छ । यसका लागि सरकारले तीन करोड बजेट विनियोजन गरेको छ ।सुपत मूल्यमा आमनागरिकहरुको उपस्थिति राम्रो छ । गुणस्तरीय समानको साथै बजार मूल्यभन्दा कम मूल्यमा खाद्य समाग्री वितरण गरिनेहुदा आममानिसहरुको वितरण क्षेत्रहरुमा राम्रो उपस्थिती रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी प्रवक्ता शर्मिला न्योपाने सुवेदी बताउनुहुन्छ ।

बजारमा भर्खरै विक्री सुरु गरेकाले के कति कारोबारको यकिन हुन बाँकी छ । खाद्यले देशैभर मध्ये ६५ स्थानबाट सुपत पसल चलाएको छ भने उपत्यका ४ केन्द्र थप दुई नगरपालिकाहरुको समन्वयमा सुपत पसल सञ्चालित छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका तथा काठमाडौंको दक्षिणकाली नगरपालिकामा सुपत मूल्य पसल सञ्चालित छ ।

कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घिउसहित ५० हजार क्विन्टल खाद्यवस्तु बिक्री गरेको जनाएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपैयाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी सात रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाका चार स्थान , थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक० सहित ४२ जिल्लाका ६५ स्थानमा कम्पनीका बिक्री कक्ष राखिएका छन् । सहुलियत मूल्य पसल माघ २ सम्म सञ्चालन हुने छन् ।

खाद्यको सहुलियत पसलको मूल्य सूची (काठमाडौँ)
सामानहरू मूल्य
आँटा – ५ के.जी. ७२/केजी     ( रू ५ छुट सहित )
चना १७०/केजी (रू ५ छुट सहित )
मुंग दाल खोस्टे १७०/केजी (रू ५ छुट सहित )
मास दाल २१५/केजी (रू ५ छुट सहित )
मुसुरो दाल(ठुलो) १५०/केजी (रू ५ छुट सहित )
रहर दाल २९०/केजी (रू ५ छुट सहित )
क्वाँटी १६०/केजी ( रू ५ छुट सहित )
भटमासको तेल १९८/लि. ( रू ७ छुट सहित )
स्रोत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

पशुहरुको स्वस्थ्य परीक्षण प्रस्थान विन्दुबाटै

काठमाडौं उपत्यकामात्रै साथै नेपालभरि भित्रिने पशुहरुको स्वास्थ्य परीक्षण पशुसेवा विभागले गर्दै आएको छ । चाडपर्वसंगै बजारमा भित्रिने खसीबोका तथा च्याङ्ग्रा लगायत मासुजन्य प्रयोग गर्ने पशुहरुको स्वास्थ्य परीक्षण सुरु हुदै पशुसेवा प्रस्थान विन्दुहरुबाट चिकित्सकहरुले निरोगिताको कागजात दिएपछि व्यापारीहरुले व्यापार गर्न पाउने पशुसेवा विभागका सूचना अधिकारी डा. सुधिर कुमार सिंहले बताउनुभयो ।

उहाँका अनुसार पशुहरुको काठमाडौं उपत्यकाको थानकोटमा क्वारेन्टाइन चेकपोष्ट विन्दुमा चेक जाँच भएको दरपिठ गरि पठाइने छ । पशुसेवा विभाग एउटा मात्रै छ । पशुसेवा विभागको अधिकार क्षेत्र सीमित छ । देशभरीका स्थानीय सरकारहरुले पनि पशु सेवा केन्द्रमार्फत स्वास्थ्य परीक्षण गराउने गर्छन। पशु सेवा विभागले अधिकार क्षेत्र र संरचनाका हिसाबले सबै क्षेत्रका सम्बन्धित निकायहरुले ध्यान दिन नसक्ने भएकालेर पशु परीक्षणको जिम्मेबारी स्थानीय निकाहरुको क्षेत्राधिकारक्षेत्रमा पनि पर्ने हुदा उहाँहरुले पनि यसको व्यवस्थापन गर्नुहुन्छ ।

दशैंमा मासु उपभोग गर्दा स्वस्थ खसीको प्रयोग गर्ने र मासुलाई गल्न नदिन उपयुक्त चिस्यानको व्यवस्था गर्न उहाँ सुझाव दिनुहुन्छ । उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोकालाई मात्रै बिक्री गर्नका लागि अनुमति दिइने पशु सेवा विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij