२०८३ साउन ९ शनिबार

राष्ट्र बैंकले आजबाट सुरु गर्‍यो सुकिला नोट सटही

ई आर्थिक    आइतबार, असोज १३ २०८१
3.9K
Shares
राष्ट्र बैंकले आजबाट सुरु गर्‍यो सुकिला नोट सटही

ई- आर्थिक, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दशैंको लागि आजबाट सुकिला नोट सटही सुरु गरेको छ ।  राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो ।

आजबाट  सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्ने राष्ट्र बैकंले जनाएको छ ।  विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।

देशलाई आर्थिक भार कम पर्ने साथै  दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको  राष्ट्र बैंकले जनाएको छ । ।  बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै केन्द्रीय बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ ।

साथै ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij