२०८३ साउन १० आइतबार

बिदाको दिन पनि सरकारी अस्पतालमा ओपीडी सञ्चालन हुँदै, स्वास्थ्य मन्त्रालयले पठायो परिपत्र

ई आर्थिक    सोमबार, भाद्र १७ २०८१
6.2K
Shares
बिदाको दिन पनि सरकारी अस्पतालमा ओपीडी सञ्चालन हुँदै, स्वास्थ्य मन्त्रालयले पठायो परिपत्र

ई–आर्थिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा ९ओपीडी० सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।

७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

‘‘ सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरंग सेवा समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकामा सोही बमोजिम स्वास्थ्य सेवा प्रवाह अनिवार्य रुपमा गर्नु गराउनुहुन यस मन्त्रालयको मिति २०८१/०५/१६ को निर्णय अनुसार अनुरोध छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij