ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक र कमलादिस्थित हेयर एण्ड शान्ति ब्यूटी पार्लरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ति ब्यूटी पार्लर अन्तर्गत देशभर रहेका १३ हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरूमा बैंक कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतिसम्मको छुट पाउनेछन्।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।