२०८३ साउन ९ शनिबार

सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग

ई आर्थिक    मंगलबार, असार ४ २०८१
8.2K
Shares
सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोगस्वरुप १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरे ।

राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरूको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो ।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्ने बैंकको विश्वास छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij