२०८३ साउन ९ शनिबार

२ वर्ष मुनिका बालबालिकालाई यति एयरलाइन्सले यात्रामा शुल्क नलिने

ई आर्थिक    शनिबार, बैशाख १ २०८१
5.5K
Shares
२ वर्ष मुनिका बालबालिकालाई यति एयरलाइन्सले यात्रामा शुल्क नलिने

ई–आर्थिक, काठमाडौं । निजी स्वामित्वको वायुसेवा कम्पनी यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ । कम्पनीले ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट दिने घोषणा गरेको हो । हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यतीले बनाएको छ ।

एयरलाइन्सहरुमा २४ महिनासम्मका शिशुको हकमा सेवा शुल्क लाग्ने गरेको छ । यात्रुहरूलाई सुखद् उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि १ वैशाख २०८१ देखि सीमित समयका लागि लागु गरिएको छ । यो सुविधा लिन यात्रा गर्दा अभिभावकहरुले यती एयरलाइन्सको चेक—इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ ।

यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ । हाल यती एयरलाइन्सले ७ वटा एटीआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजारभन्दा धेरै यात्रुहरूलाई सेवा दिंदै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij