२०८३ असोज ८ बिहिबार

जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटना, १३ यात्रु सकुशल

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
171
Shares
जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट यात्रु लिएर गएको जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी इन्स्पेक्टर पदम रावलका अनुसार अवतरणका क्रममा जहाजको पछाडितर्फ दाहिने चक्का फुत्किएर बाहिर निस्किएको थियो।

दुर्घटनामा जहाजमा सवार सबै यात्रु सुरक्षित रहेको प्रहरीले जनाएको छ। जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना सवार थिए।

अवतरणका क्रममा समस्या आएपछि जहाज हाल जुफाल विमानस्थलको धावनमार्गमै रहेको इन्स्पेक्टर रावलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij