२०८३ असोज ८ बिहिबार

हिमालय एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं–सांघाई उडान

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
133
Shares
हिमालय एयरलाइन्सले पुनः सुरु गर्दै काठमाडौं–सांघाई उडान

काठमाडौं ।  हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई हवाई सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ। एयरलाइन्सले आगामी सोमबारदेखि काठमाडौं–सांघाई–काठमाडौं रुटमा नियमित उडान सुरु गर्न लागेको हो।

सुरुआती चरणमा एयरलाइन्सले यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने जनाएको छ। तालिकाअनुसार काठमाडौं–सांघाईतर्फका उडान प्रत्येक सोमबार र शुक्रबार हुनेछन्। सांघाईबाट काठमाडौं फर्किने उडान भने मंगलबार र शनिबार सञ्चालन हुनेछन्।

यात्रुको माग र उडानमा कायम हुने यात्रु भारका आधारमा आगामी दिनमा उडान संख्या थप गर्दै लैजाने तयारी एयरलाइन्सको छ।

नेपालमा मुख्य पर्यटकीय सिजन सुरु हुन लागेसँगै चीनबाट नेपाल आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ।

काठमाडौं–सांघाई हवाई सम्पर्क पुनः सञ्चालन भएपछि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकका साथै दुई देशबीचको यात्रालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij