२०८३ साउन ३१ आइतबार

अभिनेत्री वर्षा सिवाकोटको रोजाईमा एमजी एस ६

ई आर्थिक    शुक्रबार, साउन २९ २०८३
760
Shares
अभिनेत्री वर्षा सिवाकोटको रोजाईमा एमजी एस ६

काठमाडौं । नेपाली अभिनेत्री वर्षा सिवाकोटीले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा MG S6 बुक गरेकी छन्।

पारामाउन्ट मोटर्सअन्तर्गत हल बीको स्टल एल२ मा रहेको एमजीको स्टलमा पुगेर गाडी अवलोकन गरेपछि सिवाकोटीले MG S6 बुक गरेकी हुन्।

कम्पनीका अनुसार आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित भएर उनले उक्त मोडल रोजेकी हुन्। बुकिङका अवसरमा एमजी एसएमआईएलका अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन प्रतिनिधि मुहम्मद फहाद दराईले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एमजीले दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ। कम्पनीले एमजी यू९ ईभी र एमजी एचएस एचईभी/पीएचईभी प्रदर्शनीमार्फत नेपाली बजारमा सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नयाँ मोडल सार्वजनिक भएसँगै एक्स्पोमा एमजीका सवारीसाधनप्रति आगन्तुकको आकर्षण बढेको छ।

साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ मोडल अवलोकन तथा विशेष अफरको लाभ लिन चाहने ग्राहकलाई हल बीको स्टल L2 मा रहेको एमजीको स्टल भ्रमण गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij