२०८३ साउन २८ बिहिबार

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

ई आर्थिक    बुधबार, साउन २७ २०८३
646
Shares
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल–इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्।

रोनाल्डो र जर्जिनाले पोर्चुगलमा स्थानीय परम्पराअनुसार विवाह गरेका हुन्। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनीहरूले ११ अगस्टमा राजधानी लिस्बननजिकै समुद्र किनारमा रहेको कास्काइस सहरमा विवाह गरेका हुन्।

विवाह समारोहमा रोनाल्डो र जर्जिनाका पाँच सन्तान पनि सहभागी भएका थिए।

विवाहपछि रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औँठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। उक्त तस्वीर सार्वजनिक भएको करिब ६ घण्टामै एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ।

१० वर्षदेखिको सम्बन्ध विवाहमा परिणत

रोनाल्डो र जर्जिना करिब एक दशकदेखि सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित एक गुच्ची स्टोरमा भएको थियो। त्यतिबेला जर्जिना उक्त स्टोरमा काम गर्थिन् भने रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए।

गत वर्ष ११ अगस्टमै दुवैले इन्गेजमेन्टको घोषणा गरेका थिए। जर्जिनाले त्यतिबेला आफ्नो इन्गेजमेन्ट औँठीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै रोनाल्डोसँग जीवनभर सँगै रहने भाव व्यक्त गरेकी थिइन्।

रोनाल्डो र जर्जिनाको सम्बन्ध लामो समयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बन्दै आएको थियो। करिब एक दशक लामो प्रेम सम्बन्धपछि उनीहरूले विवाह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij