२०८३ साउन २८ बिहिबार

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रूपैयाँ सहयोग

ई आर्थिक    मंगलबार, साउन २६ २०८३
570
Shares
कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रूपैयाँ सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि हृदय केन्द्रलाई १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो। उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिने बताइएको छ।

नेपाल सरकारअन्तर्गत सञ्चालन भइरहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिकरूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई सम्बोधन गर्न उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न योगदान पुर्‍याउँदै आएको छ। यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचार गुणस्तर अभिवृद्धि गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

बैंकले हाल आफ्ना २८५ शाखा, ४१ विस्तारीत काउन्टर, ३०२ एटीएम, ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij