२०८३ साउन २९ शुक्रबार

आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त

ई आर्थिक    बिहिबार, साउन २८ २०८३
608
Shares
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त हुनुभएको छ।

नवनियुक्त अध्यक्ष ठाकुरले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। शपथ ग्रहणसँगै उहाँले आयुर्वेद चिकित्सा परिषद्को नेतृत्व सम्हाल्नुभएको छ।

परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेसँगै डा. ठाकुरले आयुर्वेद चिकित्सा क्षेत्रको विकास, नियमन तथा परिषद्का आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij