२०८३ साउन २२ शुक्रबार

एकैदिन प्रतितोला ८ हजार रुपैयाँ उक्लियो सुन, चाँदी पनि महँगियो

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
171
Shares
एकैदिन प्रतितोला ८ हजार रुपैयाँ उक्लियो सुन, चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको छ। मूल्यवृद्धिसँगै सुनको भाउ प्रतितोला २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ९६ हजार रुपैयाँ कायम भएको हो।

गत साताको बिहीबार भने सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसरी एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १२ हजार रुपैयाँले बढेको देखिन्छ।

चाँदी पनि महँगियो

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ।

बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो भने गत साताको बिहीबार यसको मूल्य ४ हजार ३१० रुपैयाँ रहेको थियो।

पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिँदै गएको छ, जसका कारण सुन–चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij