२०८३ साउन १८ सोमबार

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

ई आर्थिक    सोमबार, साउन १८ २०८३
95
Shares
दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल । दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले बढेको सरकारी तथ्याङ्कले देखाएको छ । कार र मोबाइल उपकरणको अनलाइन खरिदमा आएको उल्लेखनीय वृद्धिका कारण कुल अनलाइन बिक्री बढेको हो ।

दक्षिण कोरियाको तथ्याङ्क मन्त्रालयका अनुसार, जुन महिनामा अनलाइन किनमेलको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० नजरबन्द सात प्रतिशतले वृद्धि भई २४ दशमलव ६१ ट्रिलियन वन (करिब १७.२ अर्ब अमेरिकी डलर) पुगेको छ ।

अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाका मोडलहरूको अनलाइन खरिद बढेसँगै कार तथा कारका सहायक सामग्रीको अनलाइन बिक्री ५६ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नयाँ स्मार्टफोन बजारमा आएसँगै मोबाइल उपकरणको अनलाइन माग १४४ दशमलव चार प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ, घरायसी उपकरण, कम्प्युटर, कृषि उत्पादन तथा संस्कृति र मनोरञ्जनसम्बन्धी सेवाको अनलाइन कारोबारमा पनि दोहोरो अङ्कको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कफी र केकजस्ता उपहार ई–कुपनमार्फत प्रदान गर्ने चलन बढेसँगै ई–कुपन सेवाको अनलाइन कारोबार १२ प्रतिशतले बढेको छ ।

स्मार्टफोन, ट्याब्लेटलगायत मोबाइल उपकरणमार्फत गरिने किनमेलको कारोबार वार्षिक आधारमा नौ दशमलव आठ प्रतिशतले बढेर जुन महिनामा १८ दशमलव ९३ ट्रिलियन वन पुगेको छ । यो कुल अनलाइन किनमेल कारोबारको ७६ दशमलव नौ प्रतिशत हो । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij