२०८३ साउन १८ सोमबार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ, राहदानी ऐन उल्लंघनको आरोप

ई आर्थिक    सोमबार, साउन १८ २०८३
76
Shares
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ, राहदानी ऐन उल्लंघनको आरोप

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले राहदानी ऐनसम्बन्धी कसुरमा पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भट्टराईले २०६८ सालमा राहदानी ऐनअन्तर्गत कसुर गरेको तथ्य फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

उक्त घटनासम्बन्धी उनीविरुद्ध २०८२ साल चैतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij