२०८३ साउन १५ शुक्रबार

रास्वपा सभापति रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

ई आर्थिक    शुक्रबार, साउन १५ २०८३
95
Shares
रास्वपा सभापति रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका विभिन्न स्थानमा देखिएको तनावका बीच सामाजिक सद्भाव कायम राख्ने विषयमा धार्मिक अगुवाहरूसँग छलफल गरेका छन्।

शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा लामिछानेले मुस्लिम समुदायका मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग भेटवार्ता गरेका हुन्।

त्यसैगरी, उनले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गरेका छन्।

छलफलका क्रममा लामिछानेले सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण बनाउन तथा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सम्बन्धित समुदायमा अपिल गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरेको रास्वपाले जनाएको छ।

रास्वपाका अनुसार छलफलमा सामाजिक एकता, आपसी सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij