२०८३ साउन १६ शनिबार

शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र सेवाग्राहीलाई रकम बुझाउनुपर्ने

ई आर्थिक    शुक्रबार, साउन १५ २०८३
152
Shares
शिक्षा र स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र सेवाग्राहीलाई रकम बुझाउनुपर्ने

काठमाडौं : सरकारले हालसम्म असुल गरिएको शिक्षा तथा स्वास्थ्य समता शुल्क सम्बन्धित सेवाग्राहीलाई १५ दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।

यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गर्दै सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ। चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त शुल्क खारेज गरिएको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गरेका थिए। त्यसको भोलिपल्ट साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको थियो।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले आफूले उठाएको सम्पूर्ण रकम १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ।

सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसके त्यस्तो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij