२०८३ भाद्र ३० मंगलबार

माछापुच्छ्रे बैंकमा दुई उच्च अधिकारीको बढुवा, प्रसिद्ध राज अर्याल सिनियर डीसीईओ र सुभाष जमरकटेल डीसीईओ नियुक्त

ई आर्थिक    सोमबार, साउन ४ २०८३
969
Shares
माछापुच्छ्रे बैंकमा दुई उच्च अधिकारीको बढुवा, प्रसिद्ध राज अर्याल सिनियर डीसीईओ र सुभाष जमरकटेल डीसीईओ नियुक्त

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडको सोमबार बसेको सञ्चालक समितिको बैठकले दुई उच्च व्यवस्थापकीय अधिकारीको पदोन्नति गर्ने निर्णय गरेको छ। निर्णयअनुसार नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा तथा नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गरिएको हो।

बैंकिङ क्षेत्रमा करिब दुई दशकको अनुभव भएका अर्यालले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन (एमबीए) मा स्नातकोत्तर गरेका छन्। उनले कर्जा, ट्रेजरी, करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्।

यस्तै, नवनियुक्त डीसीईओ सुभाष जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रका दक्ष चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक गरेका छन्। साथै, थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

बैंकका अनुसार अर्याल र जमरकटेल दुवैले आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै सक्षम, अनुभवी र सफल बैंकरका रूपमा पहिचान बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij