२०८३ भाद्र २६ शुक्रबार

मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त

ई आर्थिक    मंगलबार, असार ३० २०८३
1.4K
Shares
मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं।  मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिटरब्याज पीडितलाई न्याय दिलाउने उद्देश्यले आयोगका प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिए।

बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी नियुक्त गरिएको मन्त्री पोखरेलले बताए।

त्यसैगरी, सरकारले बीउ बिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि गरेको छ।

सरकारका अनुसार यी निर्णयहरू सुशासन, सार्वजनिक सेवा सुधार, कृषि क्षेत्रको व्यवस्थापन, विपद् व्यवस्थापन तथा खेलकुद क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij