२०८३ साउन १२ मंगलबार

नेपाल बैंक NPS-NCS तथा NEPALPAY Card मा आवद्ध

ई आर्थिक    शनिबार, असार २० २०८३
1.1K
Shares
नेपाल बैंक NPS-NCS तथा NEPALPAY Card मा आवद्ध

काठमाडौं : नेपाल बैंक र एनसीएचएल बीच National payment switch अन्तर्गत national card switch र नेपालपे कार्र्ड को प्रिन्सिपल मेम्बरसीपका लागि आज एक औपचारिक कार्यक्रममा सम्झौता भएको छ । नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदानप्रदान गर्नु भएको हो ।

उक्त सम्झौता पश्चात्, नेपाल बैंकले आफ्नोस्वीच NPS-NCS मा इन्टिग्रेट गरे पश्चात् आफ्नो ग्राहकहरुलाई नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डको कारोबार एक्सेप्ट गर्न सक्नेछ ।

एनसीएचएलले हालै NEPALPAY Card को व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, RUPAY Card लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।

NPS-NCS लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । NPS-NCS र NEPALPAY Card को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

हालसम्म NPS-NCS  मा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन् । हाल ७ वटा बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने १० वटा बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपालको अग्रणी बैंकहरू मध्ये नेपाल बैंकले ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो सेवा पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij