२०८३ साउन ९ शनिबार

नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

ई आर्थिक    सोमबार, असार १ २०८३
1.1K
Shares
नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु

काठमाडौं ।  नेपालले आजदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणले त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतको प्रसारण प्रणालीमार्फत बंगलादेश पठाउन थालेको हो।

दुई देशबीच भएको समझदारीअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्था छ। बंगलादेशले थप २० मेगावाट विद्युत् खरिद गर्न इच्छा देखाए पनि आवश्यक स्वीकृति नपाउँदा निर्यात विस्तार हुन सकेको छैन।

गत वर्षको निर्यातबाट नेपालले उल्लेखनीय आम्दानी गरेको थियो भने यस वर्ष पनि करिब १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। विद्युत् उत्पादन बढ्दै जाँदा भारत र बंगलादेशजस्ता छिमेकी बजारमा निर्यात विस्तार नेपालको ऊर्जा व्यापारका लागि महत्वपूर्ण अवसर बन्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij