जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ अर्ब २४ करोड १४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
युवराज भट्टराईले सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ (३५.६४ प्रतिशत) र पुँजीगततर्फ २६ अर्ब ४७ करोड रुपैयाँ (६४.३६ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए।
गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेश सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ।
अर्थमन्त्री भट्टराईका अनुसार बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ तथा गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जुटाइने अनुमान गरिएको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विकास निर्माण, पूर्वाधार विस्तार, कृषि, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटमाथि प्रदेश सभामा छलफलपछि कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।
यस्तो छ बजेट
