२०८३ साउन १२ मंगलबार

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख रुपैयाँ राजस्व दाखिला

ई आर्थिक    सोमबार, असार १ २०८३
1.5K
Shares
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख रुपैयाँ राजस्व दाखिला

काठमाडौं। ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

जसबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय ६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय ५, एकतर्फी सडकमा सवारी चलाउने १ सय १७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २८ गरी कुल २ हजार २५ जनालाई कारबाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij