२०८३ भाद्र २७ शनिबार

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, यस्तो छ मन्त्रिपरिषद्का चार निर्णय

ई आर्थिक    सोमबार, जेष्ठ ११ २०८३
1.6K
Shares
क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, यस्तो छ मन्त्रिपरिषद्का चार  निर्णय

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत् प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाइ) स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । निर्णयअनुसार मोटा धानको प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।

मन्त्रिपरिषद्ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत गठन गरिएको सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मुकेश डंगोल लाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij