२०८३ साउन १२ मंगलबार

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

ई आर्थिक    शनिबार, जेष्ठ २ २०८३
532
Shares
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

बाँके । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका-४ स्थित खजुरा मिनि पार्क रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय एकराम हुसेन समेत १३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार ३ सय १० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij