२०८३ साउन १० आइतबार

राष्ट्र बैंकद्वारा बजेट समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

ई आर्थिक    सोमबार, बैशाख २८ २०८३
1.9K
Shares
राष्ट्र बैंकद्वारा बजेट समीक्षा प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको छ ।

अर्थमन्त्री  स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैंक का गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन पेश गरेका हुन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्री वाग्लेलाई बुझाएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार नेपाल सरकारले वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने व्यवस्था रहेको छ।

सोही कानुनी व्यवस्था अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन सरकारलाई उपलब्ध गराएको जनाएको छ।

प्रतिवेदनमा मुलुकको समग्र आर्थिक अवस्था, वित्तीय क्षेत्रको गतिविधि, मौद्रिक स्थिति, राजस्व तथा सार्वजनिक खर्चको अवस्था लगायत विषय समेटिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij