२०८३ साउन १२ मंगलबार

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

ई आर्थिक    सोमबार, बैशाख २८ २०८३
1.9K
Shares
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति मार्फत संघीय संसद्मा प्रस्तुत गरिने नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिबाट हुने सम्बोधनलाई स्वीकृति दिएको जानकारी दिएका छन्।

निर्धारित कार्यसूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।

यससँगै संघीय संसद्को दुवै सदनको अधिवेशन पनि आजबाट सुरु हुँदैछ। सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेट तथा विकास योजनाको आधारका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij