२०८३ साउन ९ शनिबार

बाढीपछि तीन दिन बन्द रहेको बिपी राजमार्ग सञ्चालनमा

ई आर्थिक    बिहिबार, बैशाख २४ २०८३
1.7K
Shares
बाढीपछि तीन दिन बन्द रहेको बिपी राजमार्ग सञ्चालनमा

अस्थायी डाइभर्सन बनाएर आज बिहानदेखि सवारी आवागमन खुला

काभ्रे : बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो ।

जिल्ला प्रहरी कार्यालयले भने लगातार वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गत सोमबार परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरीका अनुसार वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर सडकमा बनाइएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम रहने भएकाले आवश्यकता अनुसार आवागमन रोक्ने गरिएको छ।

राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा रोक्ने व्यवस्था गरिएको थियो ।

गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन हुँदै आएको छ। हाल ती क्षेत्रमा सडक पुनर्निर्माणको काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij