काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ।
बैठकमा समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल भइरहेको जनाइएको छ। साथै, मन्त्रालयहरूको पुनर्संरचनासम्बन्धी खाका प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। सरकारको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले मन्त्रालयहरूको संरचना पुनरावलोकन र सुधारबारे छलफल हुने अपेक्षा गरिएको छ।
बैठकबाट विभिन्न नीतिगत निर्णयहरू हुन सक्ने र मन्त्रालय पुनर्संरचनाको प्रस्तावमाथि विस्तृत छलफल हुने बताइएको छ।