काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल भइरहेको जनाइएको छ। साथै, वर्तमान सरकारको कामकारबाही, संसदीय गतिविधि तथा राष्ट्रिय मुद्दामा पार्टीको धारणा तय गर्ने विषयमा समेत विमर्श भइरहेको स्रोतले जनाएको छ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा जारी बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।
