काठमाडौं । नेपाल राष्ट्र बैंकले ७१ औँ वार्षिकोत्सवका पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
केन्द्रीय बैंक परिसर बालुवाटारमा आयोजित कार्यक्रममा करिब २०० कर्मचारीले रक्तदान गरेका छन् ।
आगामी वैशाख १४ गते वार्षिकोत्सव मनाउने तयारीस्वरूप आयोजित उक्त कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व र मानवीय सेवामा योगदान पुर्याउने उद्देश्य लिइएको राष्ट्र बैंकले जनाएको छ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सहभागी कर्मचारीहरूले रक्तदानलाई सामाजिक सेवाको महत्वपूर्ण अभ्यासका रूपमा लिँदै निरन्तर यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
