काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को दोस्रो बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजेका लागि तय गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा विभिन्न राजनीतिक दलहरूले प्रस्तुत गरेका लिखित धारणा समेतका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, कार्यदलको आगामी कामकारबाहीका लागि प्रस्तावित कार्ययोजनामाथि पनि बैठकमा विस्तृत विचार-विमर्श हुने बताइएको छ।