२०८३ साउन १० आइतबार

यस्तो छ मन्त्रिपरिषद्को निर्णयहरू: धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिदेखि सहकारी व्यवस्थापन समिति अध्यक्ष नियुक्तिसम्म

ई आर्थिक    मंगलबार, बैशाख ८ २०८३
1.9K
Shares
यस्तो छ मन्त्रिपरिषद्को निर्णयहरू:  धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिदेखि सहकारी व्यवस्थापन समिति अध्यक्ष नियुक्तिसम्म

काठमाडौं ।  सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

सरकारले सुरक्षा, निर्वाचन र वित्तीय क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गर्दै तीनवटा ऐन संशोधनका विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सूचना, सञ्चार तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सुरक्षा संयन्त्र, निर्वाचन प्रणाली तथा मतदाता अभिलेख व्यवस्थापनलाई समयानुकूल बनाउन विधेयकहरू अघि बढाइएको जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिइएको छ। यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी विधेयकहरू पनि संसद्मा दर्ता गरिने भएका छन्।

सरकारले यी संशोधनमार्फत राष्ट्रिय सुरक्षा संरचना सुदृढ गर्ने, निर्वाचन प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने तथा मतदाता विवरण अभिलेख प्रणालीलाई आधुनिक बनाउने लक्ष्य लिएको जनाएको छ।

यससँगै मन्त्रिपरिषद्ले विभिन्न नियुक्ति र प्रशासनिक निर्णयहरू पनि गरेको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवनकुमार दाहाल सदस्य रहनेछन्।

त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij