काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उक्त मितिदेखि अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता मनिष झा ले जानकारी दिए।
उनका अनुसार २०८३ वैशाख १५ देखि जिल्ला अधिवेशन सञ्चालन गर्ने निर्णय सचिवालय बैठकबाट पारित गरिएको हो। साथै, रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा सचिवालयले तय गरेका एजेन्डाहरू अनुमोदन गर्ने कार्यसूची रहेको जनाइएको छ।
पार्टीले संगठन विस्तार र सुदृढीकरणका लागि जिल्ला अधिवेशनलाई महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
