काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरू र उनीहरूका सचिवालयले पूर्णता पाउन थालेका छन्।
गत चैत १३ गते १५ सदस्यीय मन्त्रिपरिषद्बाट सुरु भएको सरकार हाल १६ सदस्यीय बनेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार अधिकांश मन्त्रीहरूको स्वकीय सचिव, निजी सचिव र व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) नियुक्त भई कार्यसम्पादन सुरु भइसकेको छ भने केही पदहरू अझै रिक्त छन्।
मन्त्री र उनीहरूको सचिवालय विवरण
प्रधानमन्त्री तथा रक्षा मन्त्री: बालेन शाह
- स्वकीय सचिव: सुवास शर्मा
- निजी सचिव: प्रदीप परियार
- पिएसओ: दीपेश बस्याल
अर्थ मन्त्री: स्वर्णिम वाग्ले
- स्वकीय सचिव: नवीन ढुङ्गाना
- निजी सचिव: कञ्चन बस्नेत
- पिएसओ: अनुप ढकाल
परराष्ट्र मन्त्री: शिशिर खनाल
- स्वकीय सचिव: लोचन पौडेल
- निजी सचिव: मधु भट्टराई
- पिएसओ: जङ्गबहादुर बुढाथोकी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री: बिराज भक्त श्रेष्ठ
- स्वकीय सचिव: सञ्जीव महर्जन, राजा शाक्य
- निजी सचिव: दुर्गानारायण भुर्तेल
- पिएसओ: नारायण पराजुली
गृहमन्त्री: सुधन गुरुङ
- स्वकीय सचिव: जेम्स कार्की
- निजी सचिव: परशुराम पोखरेल
- पिएसओ: श्रीहरि केसी
भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री: सुनिल लम्साल
- स्वकीय सचिव: प्रतीक श्रेष्ठ, विवेक बास्तोला
- निजी सचिव: सुनिता घिमिरे
- पिएसओ: सरोज गिरी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री: सोविता गौतम
- स्वकीय सचिव: प्रकृति न्यौपाने
- निजी सचिव: प्रजु डोटेल
- पिएसओ: इसा श्रेष्ठ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री: सिता वादी
- स्वकीय सचिव: टेकेन्द्र विश्वकर्मा
- निजी सचिव: मिलन भट्टराई
- पिएसओ: रमन राई
सङ्घीय मामिला, सामान्य प्रशासन र भूमि व्यवस्था मन्त्री: प्रतिभा रावल
- स्वकीय सचिव: अभिषेक श्रेष्ठ
- निजी सचिव: राम आचार्य
- पिएसओ: अनुपमा भारती
स्वास्थ्य, जनसङ्ख्या र खानेपानी मन्त्री: निशा मेहता
- स्वकीय सचिव: नीरज कटुवाल
- निजी सचिव: यमुना सापकोटा
- पिएसओ: रिता बुढाथोकी
शिक्षा, विज्ञान, प्रविधि र खेलकुद मन्त्री: सस्मित पोखरेल
- स्वकीय सचिव: आरजु लोहनी
- निजी सचिव: विष्णु भुसाल, उषा लामिछाने
- पिएसओ: राजेन्द्र शर्मा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री: खड्गराज पौडेल
- स्वकीय सचिव: सुमन गौतम
- निजी सचिव: अर्जुन शर्मा
- पिएसओ: दिलिप चौधरी
सञ्चार, सूचना तथा प्रविधि मन्त्री: विक्रम तिमिल्सेना
- स्वकीय सचिव: शिव थापा
- निजी सचिव: राकेश गुरुङ
- पिएसओ: ताराकृष्ण काफ्ले
कृषि, पशुपन्छी विकास र वन मन्त्री: गीता चौधरी
- स्वकीय सचिव: युवराज भण्डारी
- निजी सचिव: शिव सागर चौधरी
- पिएसओ: पद्मा खत्री
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री: गौरीकुमारी यादव
- निजी सचिव: सन्ध्या सिग्देल
- (अन्य पद रिक्त)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री: रामजी यादव
- निजी सचिव: केशर पण्डित
- (अन्य पद रिक्त)
प्रधानमन्त्री कार्यालयका अनुसार केही मन्त्रीहरूको सचिवालय अझै पूर्ण हुन बाँकी छ भने बाँकी नियुक्ति प्रक्रिया क्रमशः अघि बढाइनेछ।