२०८३ साउन ९ शनिबार

मन्त्रीलाई नयाँ मोबाइल बाँड्ने हल्ला गलत: सञ्चारमन्त्री डा.तिमिल्सिना

ई आर्थिक    आइतबार, बैशाख ६ २०८३
1.4K
Shares
मन्त्रीलाई नयाँ मोबाइल बाँड्ने हल्ला गलत: सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले मन्त्रीहरूलाई नयाँ मोबाइल फोन वितरण गर्ने तयारी भइरहेको भन्ने चर्चा निराधार भएको बताएका छन्।

आइतबार नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएको उक्त सूचना पूर्णतः गलत र कपोलकल्पित रहेको स्पष्ट पारे। उनले सरकारको नाम जोडेर फैलाइएका यस्ता भ्रामक समाचारप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरे।

मन्त्री तिमिल्सिनाका अनुसार हाल सरकारले मन्त्रीहरूलाई नयाँ मोबाइल फोन वितरण गर्ने कुनै योजना बनाएको छैन। “यस्ता हल्लाले जनतालाई भ्रमित पार्ने काम गर्छ,” उनले भने, “आधिकारिक सूचना बाहेकका विषयमा विश्वास नगर्न अनुरोध गर्दछु।”

उनले सूचना प्रवाहलाई विश्वसनीय र पारदर्शी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij