२०८३ साउन ९ शनिबार

अन्तर सरकारी वित्त परिषद्‌ बैठक: यस्ता छन् वित्तीय संघीयता सुदृढ गर्ने १६ निर्णयहरू

ई आर्थिक    बिहिबार, बैशाख ३ २०८३
2.7K
Shares
अन्तर सरकारी वित्त परिषद्‌ बैठक: यस्ता छन् वित्तीय संघीयता सुदृढ गर्ने १६ निर्णयहरू

काठमाडौं । अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक सम्पन्न भएको छ ।

संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा तीनै तहका सरकारबीच वित्तीय समन्वय सुदृढ गर्ने उद्देश्यसहित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठक अर्थ मन्त्रालयमा सम्पन्न भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी, अर्थ सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा वित्तीय हस्तान्तरण प्रणालीलाई थप पारदर्शी, अनुमानयोग्य र नतिजामुखी बनाउने विषयमा छलफल गरिएको थियो। साथै, प्रदेश तथा स्थानीय तहको राजस्व क्षमता वृद्धि गर्दै अनुदानमा निर्भरता घटाउने विषयमा समेत जोड दिइएको थियो।

अर्थमन्त्री डा. वाग्लेले संघीयताको सफल कार्यान्वयनका लागि तीनै तहबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै वित्तीय व्यवस्थापनमा देखिएका व्यवहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

बैठकमा प्रदेशका अर्थमन्त्रीहरूले वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँट सम्बन्धी समस्या समाधानका लागि ठोस कदम आवश्यक रहेको धारणा राखेका थिए।

बैठकका निर्णयहरू (१६ बुँदा)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij