२०८३ साउन १२ मंगलबार

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

ई आर्थिक    सोमबार, चैत्र ३० २०८२
1.6K
Shares
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर।  भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४८ वर्षीय नरेन्द्र चन्द समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय पदम राज पन्तले संचालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदम समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ४२ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij