२०८३ भाद्र २९ सोमबार

प्रतिनिधि सभा उपसभामुख चयन आज, रुबीकुमारी ठाकुर निर्वाचित हुने सम्भावना उच्च

ई आर्थिक    शुक्रबार, चैत्र २७ २०८२
722
Shares
प्रतिनिधि सभा उपसभामुख चयन आज, रुबीकुमारी ठाकुर निर्वाचित हुने सम्भावना उच्च

काठमाडौं ।  संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आज अघि बढ्दैछ। संसद् बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ, जहाँ उपसभामुखको निर्वाचन हुनेछ।

राष्ट्रपति कार्यालय, शीतल निवासले चयनपछि उपसभामुखलाई आजै साँझ ६ बजे शपथ गराउने कार्यक्रम तय गरेको जनाएको छ।

उपसभामुख पदका लागि दुई उम्मेदवार मैदानमा उत्रिएका छन्। सत्तारुढ गठबन्धन, जसमा रास्वपासहितका दलहरूको समर्थन रहेको छ, त्यसतर्फबाट श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। त्यस्तै, राप्रपाबाट सरस्वती लामा प्रतिस्पर्धामा छन्।

संसदीय अंकगणित हेर्दा रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित हुने सम्भावना उच्च रहेको आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij