काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूलाई नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा ५० प्रतिशत सम्म छुट पाउने भएका छन्।
सिद्धार्थ बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार जमलस्थित नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
यस सम्बन्धमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिनेछ।