२०८३ साउन ९ शनिबार

अर्थ मन्त्रालयको नयाँ अभ्यास: बढुवापछि मेरिटका आधारमा पोस्टिङ

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
1K
Shares
अर्थ मन्त्रालयको नयाँ अभ्यास: बढुवापछि मेरिटका आधारमा पोस्टिङ

काठमाडौं ।  अर्थ मन्त्रालयले पहिलोपटक मेरिटमा आधारित सरुवा तथा पदस्थापन प्रक्रिया लागू गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीतिअनुसार गरिएको यो निर्णय माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयमार्फत कार्यान्वयनमा ल्याएका हुन्।

मेरिटअनुसार पहिलो हुनेले पहिले पाेष्टिङ छान्ने, दाेस्राेले बाँकी २९ मध्येकाे ठाउँ छान्ने, दाेस्राे हुनेले बाँकी २९ ठाउँ मध्ये एक राेज्ने,अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार याे बढुवापछिकाे पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बढुवापछि हुने पदस्थापनलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन मेरिट प्रणाली अपनाइएको हो। यस प्रणालीअनुसार मेरिट सूचीमा पहिलो स्थान हासिल गर्ने कर्मचारीले आफूले चाहेको पोस्टिङ छनोट गर्ने अवसर पाएका छन्। त्यसपछि दोस्रो स्थानमा रहनेले बाँकी रहेका स्थानमध्येबाट रोज्ने व्यवस्था गरिएको छ। यसैगरी तेस्रो स्थानमा रहेका कर्मचारीले बाँकी रहेका विकल्पमध्येबाट आफ्नो पदस्थापन चयन गर्ने प्रक्रिया लागू गरिएको मन्त्रालयले जनाएको छ।

यो प्रणालीले कर्मचारी व्यवस्थापनमा पारदर्शिता, निष्पक्षता र प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। साथै, राजनीतिक वा अन्य प्रभावभन्दा माथि उठेर क्षमताका आधारमा अवसर प्रदान गर्ने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ।

अर्थ मन्त्रालयले आगामी दिनमा पनि यस्तै मेरिटमा आधारित प्रणालीलाई निरन्तरता दिने संकेत गरेको छ।

यी हुन् पदस्थापन भएका उपसचिव 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij