भक्तपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीलाई पक्राउ गर्न प्रहरी टोली भक्तपुर गुण्डुस्थित निवासमा पुगेको थियो ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरी टोली पक्राउ पुर्जीसहित निवासमा पुगेको हो।
नयाँ सरकारले निर्णय तथा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरी टोली परिचालन गरिएको बताइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले ज्यान सम्बन्धी कसूरसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीले जारी गरेको पक्राउ पुर्जीअनुसार भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासमा बस्दै आएका ओलीलाई तत्काल पक्राउ गर्नुपर्ने उल्लेख गरिएको छ। उक्त पुर्जी अपराध अनुसन्धान तथा कारवाही शाखाबाट जारी गरिएको हो।
घटनास्थल बाहिर एमाले कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ, जसका कारण क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
उनलाई पक्राउ गरि काठमाडौं प्रहरी परिसरमा लगिएको छ ।
