२०८३ साउन १२ मंगलबार

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण, सबै कामहरू एकद्वार प्रणालीबाट हुने

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०८२
1.4K
Shares
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण, सबै कामहरू एकद्वार प्रणालीबाट हुने

काठमाडौं ।  नवनियुक्त गृहमन्त्री सुधन गुरुङले आज पदभार ग्रहण गरेका छन्।

उनले गृहमन्त्रीको रूपमा शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका लगतै गृहमन्त्रालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।

पदभार ग्रहणको अवसरमा जेनजी सहिद परिवार तथा जेन जेड घाइतेहरूले नयाँ गृहमन्त्रीलाई बधाई दिएका थिए।

गृहमन्त्री गुरुङ्गले आगामी दिनमा मन्त्रालय मार्फत कानून व्यवस्था, सुरक्षासम्बन्धी नीति र नागरिक सुरक्षामा सुधार ल्याउने कार्यमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

उनले पदभार समारोहमा नवनियुक्त गृहमन्त्री गुरुङले आफ्नो कार्यकालको पहिलो निर्णयको रूपमा सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन्।

उनले पदभार ग्रहण कार्यक्रममा भीआईपी लावालस्करको दुरुपयोग नगर्ने र जनतालाई कुनै प्रकारको असुविधा नपुग्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “कम बोल्ने मान्छे हुँ, तर एक्सनमा जान्छु। जेनजीको मागअनुसार हामी आएको हो र सुशासनविरुद्धका कुनै काम हुन सक्दैन।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij