काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा सांसदहरूले औपचारिक रूपमा शपथ लिएका हुन्।
आज प्रतिनिधि सभा सांसदमा २७५ जना सदस्यहरुले शपथ ग्रहण गरेका छन् । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ १६५ जना समानुपातिक ११० जना निर्वाचित भएका थिए ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए। संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदहरूले नेपाचली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्।
शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसदहरू आ–आफ्नै सांस्कृतिक तथा परम्परागत भेषभूषामा सिंहदरबार पुगेका थिए, जसले कार्यक्रममा विविधता झल्काएको थियो।
रास्वपाबाट १८२ सदस्य विजयी भएका छन् । यस निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका ३८ जना सांसद छन् । नेकपा एमालेका २५ जना निर्वाचित भएका छन् । नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये सांसद थिए।
राप्रपाका तर्फबाट पाँच जना सांसद छन्।