काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहबीच उनलाई शपथ गराएका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीअन्तर्गत निर्वाचित भएका केसी ७८ वर्षका छन्।
शपथ ग्रहणपछि उनले चैत १२ गते प्रतिनिधिसभाका अन्य सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।
सभामुख चयन नभएसम्म संसद् बैठकको अध्यक्षता पनि उनले नै गर्नेछन्।

